
फिल्म ‘कोहिनूर’ले दोस्रो हप्तामा पनि आक्रामक व्यापार गरेको खबरहरु प्राप्त भएका छन् । ‘कोहिनूर’ले बिहानै देखि देशभरिका हलमा आक्रमक व्यापार गरेको हो । चार बर्षदेखि हाउसफुल हुन नसकेको काठमाण्डु कालोपुल स्थित हिरारत्न हलको बिहानीको शो पनि हाउस फुल भएको छ ।

सिनेमा ‘नाइके’को शीर्ष गीत यतिबेला चर्चाको विषय बनेको छ । संगीत, शब्द र लयले गीतलाई कर्णप्रिय तुल्याएको छ । अभिनेता आर्यन सिग्देल गीतमा बोल्ड देखिएका छन् । तर, यो सबथोक गर्ने पर्दा पछाडिका हिरो बने संगीतकार योगेश काजी ।

हेटौंडामा फिल्म 'कोहिनूर' हेर्न आउने दर्शकहरुको ओईरो लागेको छ । यसरी नेपाली फिल्ममा दर्शकहरुको ओईरो लागेको यो पहिलोपटक भएको हलले जनाएको छ । ओम चलचित्र मन्दिर हेटौंडाले ओईरो लागेर 'कोहिनूर' हेर्न आएका दर्शकहरुलाई थेग्न नसके पछि सुरक्षाकर्मी समेत परिचालन गरेको जनाएको छ ।

अभिनेता निरज बराल र विवेक शाही मिलेर निर्माण गरेको ‘स्टुपिड मन’ अमेरिकाका आठ शहरमा प्रदर्शन हुने भएको । हाल फिल्मको प्रिमियरको सिलसिलामा अमेरिका रहेका निरज बरालले फिल्मीखबरसँग कुरागर्दै यस्तो जानकारी गराएका हुन् ।

फिचर फिल्म 'सुनगाभा' बनाएका निर्देशक सुवर्ण थापा निर्देशित छोटो फिल्म 'छोरा' बुसान इण्टरनेश्नल फिल्म फेस्टिभलमा छनोट भएको छ । वाईड एङ्ग्गल विधामा छनोट भएको यो फिल्मले बाबु छोराको कथालाई देखाएको छ ।

प्रशान्त तामाङ अभिनित फिल्म ‘निशानी’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माणपक्षले प्रचारप्रसारलाई तिव्र पारेको छ । निर्माणपक्षले ठाउँ ठाउँमा पत्रकार सम्मेलन गर्दै फिल्मको बारेमा जानकारी गराउँदै आएको छ । निर्माणटोलीले विहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै फिल्म निकै राम्रो बनेको दाबी गरेको छ ।

