Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको `जेरी` कति गुलियो ?

फिल्मीखबर, काठमाण्डौ, 2014/10/13
'होस्टेल' फिल्मपछि पर्दामा नदेखिएका अभिनेता भूवन केसीका छोरा अनमोल केसी 'जेरी' मार्फत दर्शकमाझ आउँदैछन् । कात्तिक २८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई 'होस्टेल'कै निर्देशक हेमराज वीसीले निर्देशन गरेका हुन् । 
 
मनोज शेरचनले लगानी गरेको यो फिल्मभित्र अनमोलको साथमा अन्ना शर्मा, अभिषेकमान शेरचन, एस शमशेर लगायतका कलाकारको अभिनय छ । भिन्न शैलीमा प्रस्तुत गरिएको फिल्मको ट्रेलर र लोकेशनलाई मन पराइएको छ । फिल्ममा सम्राट गौचनको कथा, शैलेन्द्र कार्कीको छायांकन छ ।
 
'होस्टेल'पछि पर्दामा नदेखिंदा अनमोल हराएको चर्चा समेत फिल्म बजारमा चल्न थालेको थियो । 'होस्टेल' चल्नुमा अहंम भूमिका खेलेका अनमोलको 'जेरी'ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । 'जेरी'ले दर्शकलाई कत्तिको स्वादिलो बनाउँछ रिलिजसम्म कुर्न पर्ने हुन्छ । 
Most Visited News (monthly)