Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मासँगै शम्भूजितलाई पनि उपाधी

फिल्मीखबर, काठमाण्डौ, 2014/10/13
नेपाल चलचित्र प्राविधिक संघले निर्माता सुनिल कुमार थापाको एस के प्रोडक्शनसँग मिलेर आयोजना गर्न लागेको सातौं नेफ्टा फिल्म अवार्डमा ३ फिल्मकर्मीलाई विभिन्न उपाधिबाट सम्मान गर्ने निर्णय गरेको छ । अभिनेत्री करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधी दिने निर्णय केही समयअघि मात्र गरिएको थियो ।
 
अब, संगीतकार शम्भूजित बास्कोटालाई संगीत शिरोमणीको उपाधी दिने निर्णय गरिएको छ । लामो समयदेखि नेपाली फिल्मको संगीतमा आफ्नो जादु चलाउँदै आएका बास्कोटालाई कात्तिक ३ गते आयोजना हुने अवार्डमा यो उपाधिबाट सम्मान गरिनेछ । यस्तै, निर्माता एवं विज्ञापन निर्देशक निर्मलराज पौडेललाई ‘विज्ञापन गुरु’को उपाधिबाट सम्मान गर्न लागिएको छ ।
 
कात्तिक ३ गते हङकङमा यो अवार्डको आयोजना गर्न लागिएको हो । हङकङमा रहेका ग्रेट पर्फेक्ट कम्पनीले अवार्डमा सहकार्य गरेको छ । हङकङमा सहभागी हुन कलाकारको टोली कात्तिक १ गते त्यता लाग्नेछ ।
Most Visited News (monthly)