१२ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका निर्देशक शम्भु प्रधानले बनाएको फिल्म 'रंग बैजनी'को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार गरिमा पन्त, सुमिना घिमिरे र दीकपाल कार्कीलाई देखाइएको छ ।
सार्वजनिक टिजरमा शम्भुले आफ्ना पुराना फिल्मका नाम समेत उल्लेख गरेका छन् । नुतन प्रधानको कथा तथा निर्माणमा तयार भएको यो फिल्म मंसिर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजेको छ ।

