अभिनेता तथा गायक बाबु बोगटीको पाचौं एल्बम 'रेस्पेक्ट' बजारमा आएको छ । एल्बममा समावेश 'साली ओ साली' बोलको गीतको भिडियो तथा अडियो आज सार्वजनिक गरिएको हो ।
बाबुले तिहारको अवसर पारेर दर्शकका लागि आफूले कोशेली बजारमा ल्याएको बताए । ७ वटा गीत समावेश एल्बमको एक मात्र गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बासुदेव मुनालको शब्द छ ।
बाबुले नै अभिनय गरेको फिल्म 'हमजाएगा' मंसिर ५ गतेबाट प्रदर्शनमा आउदैछ । बाबुले आफूले फिल्म र एल्बमको प्रचारमा लाग्ने बताए । 'साली ओ साली' बोलको गीतको भिडियोमा बाबुको साथमा नीता ढुंगाना, उत्तम गजमेर र दिनु राईले मोडलिड गरेका छन् ।
'रेस्पेक्ट' एल्बमलाई माया गर्दै 'हमजाएगा' फिल्म हेर्न बाबुले दर्शक तथा श्रोतासँग आग्रह पनि गरेका छन् ।

