Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17353 - 17358 of 24017
फिल्मीखबर, काठमाडौं, 2014-08-14, बिहिवार

चलचित्र ‘आवेग’को आइटम गीतको छायांकनसगै सुटिङ आरम्भ गरिएको छ । काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा नायिका अर्चना डेलालाले महंगो सेटमा आइटम नृत्य गरिन् । चलचित्रको आइटमसँगै एक्सनको दृश्य पनि सोही सेटमा खिचिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2014-08-14, बिहिवार

श्रीकृष्ण श्रेष्ठको दिल्लीको करोल वागस्थित गंगाराम अस्पतालमा २५ दिन उपचार भयो । बोन क्यान्सर भएको एक सातामा साउन २४ गते सोही अस्पतालामा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भयो । निधन पूर्व श्रीकृष्णले  उनका दाजु मिनकृष्ण श्रेष्ठसँग अन्तिम संवाद गरेका थिए । सोही संवाद हामीले यहाँ केही सम्पादन सहित प्रस्तुत गरेका छौं । हामीसँग गरेको संवादमा दाजु मिन कृष्णले श्रीकृष्णको निधन पूर्वको अवस्था र श्वेता खड्काको भविष्यका बारेमा कुराकानी गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2014-08-14, बिहिवार


केही दिन अघि दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ निर्मित फिल्म ‘कोहिनूर’ अनुमानित दुई करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले राजधानी बाहिर र भित्र गरी पहिलो हप्तामा यत्तिको कमाई गरेको हो । रिलिजको पहिलो दिन शुक्रबार औसत कमाई गरेको फिल्मले शनिबार झण्डै हाउसफूलको व्यापार गरेको थियो । तर आइतबार नै श्रीकृष्णको निधनको खबर बाहिरिएपछि फिल्मले त्यसपछिका दिनमा राम्रो पिक अप गरेको थियो । सोमबार राजधानीका सबै हलले हाउसफुल दर्शक पाएका थिए । त्यसयता पनि फिल्मले निरन्तर राम्रो व्यापार गर्दै आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2014-08-14, बिहिवार

भदौको मुखमा शहर निरन्तरको पानीले भिजेको छ । भदौ लागेसँगै सिनेमा हलमा पनि फिल्मको बाढी आउने निश्चित छ । किनकी भदौ महिनामा मात्र दर्जन फिल्म रिलिज हुँदैछन् । संख्यात्मक हिसाबले एक साथ यति धेरै फिल्म रिलिज हुनु राम्रो होइन त्यसमाथि सम्भावना बोकेका सबै चलचित्र एकै महिना रिलिज हुँदा बाँकी दिनमा नेपाली सिनेमा दर्शकको चासो भन्दा पर रहने सम्भावना छ ।

फिल्मीखबर, काठमाडौं, 2014-08-13, बुधवार

सेन्सर अवरोध खेपेको फिल्म 'बाह्र नेपाली एक चिहान' अन्ततः सेन्सर बोर्डले पास गरेको छ । बुधबार चलचित्र बिकास बोर्डमा सेन्सर सदस्यले फिल्म हेर्दै फिल्मलाई सार्वजनिक प्रदर्शनीका लागि अनुमति दिएका छन् । निर्देशक अरुण प्रधानले फिल्मले पिजी सर्टिफिकेट पाएको जानकारी गराए । ‘फिल्ममा राखिएको अमेरिकाको झण्डाका दृश्यलाई हटाउने बाहेक अरु कुनै दृश्यमा आपत्ति जनाउनु भएको छैन । फिल्ममा भएका हिंसाका दृश्यका कारण फिल्मले पिजि पाएको हो,’निर्देशक अरुण प्रधानले भने ।

फिल्मीखबर, काठमाडौं, 2014-08-13, बुधवार

कलाकारिताको उत्तराद्र्धमा पुगेपछि कलाकारहरुका लागि धेरै विकल्प बाँकी रहन्नन् । निर्देशक बन्ने वा निर्माता यस्तै केही सिमित विकल्प मात्र बाँकी रहन्छन् । नेपालमा भने धेरै हिरोहरुले निर्देशन भन्दा पनि निर्माता हुने विकल्प रोजेको पाईन्छ । नेपालमा हिरो निर्माता हुने चलनको सुरुवात कर्ता हुन् भुवन केसी ।

Results : 17353 - 17358 of 24017