Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

`आगो २` को सेन्सरप्रति आक्रोश

फिल्मीखबर, काठमाण्डौ, 2014/10/12

फिल्म 'आगो २' को निर्माणपक्षले चलचित्र सेन्सर बोर्डप्रति आक्रोश व्यक्त गरेको छ । फिल्मको सेन्सरका लागि बारम्बार समय दिएर पनि आलटाल गरेको भन्दै निर्माणपक्षले आफूहरुलाई ठूलो क्षती भएको जनाएको छ ।

निर्माता कर्ण थापा र एस.के. एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा सेन्सरका आलटालका कारण असोज ३१ गते तोकिएको प्रदर्शन मिति सरेको जनाइएको छ ।

सेन्सरको व्यवहार गणतन्त्र आएपछि पनि परिवर्तन नभएको भन्दै यसको निर्माणपक्षले आफूहरु वाध्य भएर अदालतसम्म पुग्ने बताएको छ । यसअघि निर्माण भएको फिल्म 'आगो'लाई पनि राज्यले दुख दिएको थियो ।

मदन घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।
    
 

Most Visited News (monthly)