दार्जीलिङमा सवारी चलाएका एक पात्र हुन्, हमजाएगा । निक्कै कमेडी स्वभावका यी व्यक्तिकै नामबाट नेपाली फिल्म 'हमजायगा' बनेको छ । मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका २ गीत र प्रोमो मंगलबार सार्वजनिक गरिएको छ ।

भेषबहादुर गुरुडको प्रस्तुतीमा तयार भएको यो फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, रवि गिरी, पार्वती राई, ऋचा धिताल लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको शिर्ष भूमिकामा को छ ? भन्ने कुरा गोप्य राख्न खोजिएको छ ।
कार्यक्रममा फिल्मका कलाकार बाबु बोगटीले कमेडी फिल्ममा आफूले रोमान्सँगै नयाँ अनुभव गरेको बताए । अर्का कलाकार विल्सन विक्रम राईले 'हमजाएग' दर्शकका लागि निक्कै रमाइलो फिल्म बनेको दाबी गरे । यस्तै नव अभिनेत्री ऋचाले पनि राम्रो फिल्मा बनेको बताईन् ।
यो फिल्ममा टंक गुरुड, सूर्य ब्लोन, ओम कुमार पुन र सरस्वती लामाको लगानी छ । निर्देशक सुरेन्द्र पुनले फिल्मको नाम मात्र सापटी लिएको भन्दै हमजाएगा पात्रको कथामा फिल्म नबनाएको बताए ।

