Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जरिन खानले नेपालमा क्याटवाक गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/14
सलमान खानको 'वीर' फिल्मबाट डेब्यू गरेकी बलिउड अभिनेत्री जरिन खान नेपाल आउने भएकी छिन् । उनी आउँदो शुक्रवार काठमाण्डू आउने आयोजक पनास रनवे ईभेन्टस्ले जनाएको छ ।
 
ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीका अनुसार जरिन भारतिय मोडल एवं कलाकार एजाज खानका साथ दुई दिनका लागि नेपाल आउन लागेकी हुन् । एजाज गत बर्षको बीग बोसमा उत्कृष्ट चार भित्र पर्न सफल भएका थिए ।
 
एजाज र जरिनले आउने शनिवार राति सात बजेदेखि होटल सोल्टीमा आयोजना हुने र्‍याम्प वाल्कमा सो टपरका रुपमा सहभागिता हुनेछन् । उक्त फेशन शोमा नेपालको तर्फबाट चर्चित मोडल एवं सेलिब्रेटीहरुको पनि उपस्थिती हुने बताईएको छ । 
Most Visited News (monthly)