Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17341 - 17346 of 24017
फिल्मीखबर, काठमाडौं, 2014-08-17, आईतवार

५ महिना अघि स्विजरल्याण्डको ‘भिजन सुद फण्ड’ वापत ५० हजार फ्रयांक ( ५० लाख) प्राप्त गरेको फिल्म ‘कालो पोथी’ले थप पैसा प्राप्त गरेको छ । आइतबार ‘कालो पोथी’ निर्देशक मिन भाम र निर्माता छिरिङ रितार शेर्पाले एक विज्ञप्ती जारी गर्दै फिल्मले बर्लिन फिल्म फेस्टिभलको ‘वल्र्ड सिनेमा फन्ड’ अन्तर्गत् ३० हजार (नेरु ३९ लाख) युरो जितेको घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-17, आईतवार

नेपाली फिल्ममा ‘राते काइँला’को नामले चिनिने चर्चित अभिनेता सुनिल थापाको बलिउड अभिनेत्री प्रियंका चोपडाले खुलेर प्रसंसा गरेकी छिन् । सञ्जयलीला भन्सालीद्धारा निर्मित तथा उमंग कुमार निर्देशित फिल्म 'मेरी कोम'को अडियो लन्च कार्यक्रममा प्रियंकाले सुनिललाई नेपालको चर्चित र कुशल कलाकार भन्दै प्रसंसा गरेकी हुन् । 

अर्पण ढकाल, धरान, 2014-08-17, आईतवार
भाद्र २७ बाट देशभर रिलिज हुने क्रममा रहेको फिल्म 'निशानी'ले यतिबेला आफ्नो प्रचारप्रसारलाई तिब्र बनाएको छ । फिल्मका नायक एवं चर्चित गायक प्रशान्त तमाङको उपस्थितिमा फिल्मको टोलिले देश दौडाहा प्रचारप्रसारलाई सम्पन्न गरेको छ । 
कृष्ण न्यौपाने, दमौली, 2014-08-16, शनिवार

 लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्न दमौलीको मनकामना चलचित्र मन्दिरमा दर्शकको भिड निकै बढेको छ । प्रर्दशनको केही दिनमा सुस्त व्यापार गरेको यो फिल्मले पछिल्ला केही दिनमा भने आक्रामक व्यापार गरेको जनाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-16, शनिवार

गीतका कारण चर्चामा रहेको फिल्म ‘स्टुपिड मन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम र एक्सनका दृश्यलाई प्राथमिकता दिइएको छ ।

रेम बिक, पोखरा, 2014-08-16, शनिवार

कलाकारिता गरिरहेका र कलाकारितामा आउन चाहनेहरुका लागि पोखरामा ‘अभिनय अभ्यास’ कार्यशाला हुने भएको छ । दैनिक हुने कार्यशालामा कलाकारहरु दुई घण्टासम्म एक ठाउँमा जुटेर अभिनयको अभ्यास गर्नेछन् । रंगकर्मी महेश भाजुले कार्याशालाको लागि संयोजन गरेका छन् ।  

Results : 17341 - 17346 of 24017