काठमाण्डौका अधिकांश मल्टिप्लेक्स हलमा गुणस्तरहिन खानेकुरा विक्री गरिएको पाइएको छ । सोमबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकत्वमा अनुगमनमा यस्तो भेटिएको हो । हलभित्र ठगी भएको उजुरी परेपछि अनुगमन गरिएको हो ।
टोलीले कमलपोखरीमा रहेको क्वेष्ट इन्टरटेन्मेन्ट, सिभिल मलमा रहेको सेन्ट्रल सिनेमाज, सिटिसी मलमा रहेको सिने दि सेफमा अनुगमन गरेको थियो । विभागका अनुगमन शाखा निर्देशक पुरुषोत्तम सुवेदीका अनुसा हलमा लेबल नभएका सामानलाई महंगो रकम लिएर विक्री गर्ने गरिएको छ ।
काँचो मासु राख्ने भाँडोमा वेकरीका उत्पादन गरिएका खाद्य पदार्थ राखिएका थिए । सिने दि सेफमा विक्री गरिएको मकै पनि गुणस्तरहिन देखिएको पाइएको विभागले जनाएको । यस्तै क्वेष्ट इन्टरटेन्मेन्टले ४० रुपैया पर्ने लेजलाई एक सयमा विक्री गर्दै आएको पाइएको छ । सेन्ट्रल सिनेमाबाट मफिन १५ थान, चिज क्रोसेन्ट १३ थान, प्लेन डुनट ३ थान, चकलेट क्रोसेन्ट १६ थान नष्ट गरिएको छ ।
हलभित्र कुनै पनि खानेकुरा लैजान नदिने अनि महंगो रकम लिएर जनतालाई ठग्ने काम यस्ता मल्टिप्लेक्सहरुले गर्दै आएका छन् । विभागसँग कारबाही गर्ने अधिकार नभएकाले समस्या परेको भनाई खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागका शाख निर्देक पुरुषोत्तम सुवेदीको भनाई छ ।

