हाल यूरोपका विभिन्न देशमा छायाँकन भईरहेको फिल्म 'नमस्ते नेपाल'मा पूराना कलाकारहरुको जमघट भएको छ । झण्डै डेढ दशकदेखि कलाकारिताबाट टाढिएर यूरोपमा बसिरहेकी कलाकार पार्वती अधिकारी सहित अर्का कलाकार नरेन्द्र थापा र कमला दाहाल तथा निर्देशक सनम कुमार बैरागले 'नमस्ते नेपाल'मा काम गर्दैछन् ।
.jpg)
निर्माता प्रदीप उदयले दिएको जानकारी अनुसार युरोपमा छायाँकन भईरहेको नेपाली फिल्ममा लामो समयपछि अभिनय गर्न पाउँदा उनीहरु निकै हर्षित छन् । हाल बेल्जियममा छायाकंन भईरहेको 'नमस्ते नेपाल'लाई राजु शाहले निर्देशन गरिरहेका छन् ।
हाल सम्म ४० प्रतिशत छाँयाकंन सकिएको यो फिल्ममा हिरो सविन श्रेष्ठ, गोपाल ढकाल (छन्दे) तथा बेल्जियमकी अभिनेत्री आना मुख्य भूमिकामा छन् । दिब्य सुवेदीले खिचिरहेको 'नमस्ते नेपाल'को सम्पूर्ण सुटिङ युरोपमा नै गर्ने बताईएको छ । युनिट तिहार पछि मात्र स्वदेश फर्किनेछ ।

