Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बोक्सी प्रथा बिरूद्ध `रक्तभोग`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/14
चितवनको माडीमा बोक्सीको आरोप लगाउँदै दुई बर्ष अगाडी ज्युदैं जलाइएकी महिला ठेकनीदेवीको जीवनमा आधारित भएर फिल्म 'रक्तभोग' निर्माण हुने भएको छ । आज मंगलबार काठमाडौंको भद्रकालीमा फिल्म 'रक्तभोग'को शुभमुहुर्त गरि सुटिङ शुरू गरियो । 
 
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले क्लाप बोर्ड ठोकी फिल्मको शुभारम्भ गरेका थिए । समाजमा हिंसाको रुपमा रहेको बोक्सी प्रथालाई चिरफार गरी सकारात्मक सन्देश प्रभाब गर्ने हेतुले फिल्म निर्माण हुन लागेको निर्देशक बिबी फुयालले बताए । चितवनको माडीमा घटेको घटनालाई फिल्मले उठाउन खोजेको निर्देशकले बताए ।  
 
माडीमा घटेको यर्थाथ घट्नालाई फिल्मले देखाउने बाटउंदै कार्यकारी निर्माता कृष्णराज तिवारीले आजबाट नै फिल्म 'रक्तभोग'को सुटिङ चितवनको माडीबाट सुरु हुने बताए । सारिका घिमिरे, शैलेश पौडेल, ज्योति सापकोटा, रचना पौडेल, रामचन्दै लम्साल, कृष्णराज तिवारी लगायतले अभिनय गर्ने यो फिल्मलाई पवन गौतमले खिच्ने छन् । 
Most Visited News (monthly)