'श्री ५ अम्बरे`को अफिसियल प्रोमो रिलिज गरिएको छ । २ मिनेट सेकेन्ड लामो ट्रेलरले फिल्मले कुन बिषयलाई उठान गरेको छ भन्ने कौतुहलतालाई मेटाउने प्रयास गरेको छ ।
ट्रेलरमा सार्वजनिक भएका दृष्यहरु हेर्दा फिल्ममा माया प्रेम, हाँसो रोदन तथा एक्सनको संगम देख्न सकिन्छ । हरेक दृष्यमा देखिएका कलाकारहरुको वेजोड अभिनयका कारण फिल्म उत्कृष्ट रहेको अनुमान लगाउन सकिन्छ । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, राजा गोदाईली, अविरल अधिकारी र सफलता भट्टराई मुख्य भूमिकामा छन् भने प्रियंका कार्कीको अतिथी भूमिका छ ।
यस चलचित्रमा सार्वजनिक भई सकेका गीतहरुले छोटो समयमा राम्रो चर्चा बटुल्न सफल भई सकेको र आफ्नो पहिलो चलचित्र बाटै सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेर अत्याधिक चर्चामा आईसकेकी निर्देशक दीपा बस्नेतको निर्देशकीय क्षमता श्री ५ अम्बरेमा देख्न पाईने छ ।
जिवनसाथी फिल्मस्को व्यानरमा दीपा बस्नेतले निर्देशन गरेको 'श्री ५ अम्बरे`लाई टि. एन. आचार्य र दिपक आचार्यले मिलेर निर्माण गरेका हुन् । डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको यो फिल्म मंसिर ५ गते प्रदर्शन हुँदैछ ।

