
न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमामा अगस्ट १७ तारिखका दिन साँझ फिल्म 'सेफ ल्याण्डिङ' प्रदर्शन गरियो । फोर कर्नर बजारले आयोजना गरेको फिल्मको बिशेष प्रदर्शनीमा फिल्मका निर्माता बसन्त भण्डारी, नेपालबाट आएका सञ्चारकर्मी सुमन गैरेसहित न्यूजिल्याण्डबासीहरूको उपस्थिती थियो ।

शनिबार राति साढे ९ बजे पोखरा हल्लनचोकको क्लब ९९ बारमा चर्को आवाजले गीत बज्दै थियो । ‘नाचु नाचु लाग्छ किन, हाँसु हाँसु लाग्छ किन’ भन्दै अभिनेत्री पुजना स्त्रीले कम्मर मकाईरहेकी थिईन् । पोखराको डान्स बारमा पुजनाको नाच ? मान्छेहरु अचम्मीत भए । उताबाट कोरियोग्राफर शिवम् पोखरेलले ‘कट्’ भन्ने आवाज दिए । गीत रोकियो र सेट मिलाउन थालियो । बाहिरि मानिसले बल्ल चाल पाए, ‘सुटिङ पो रै’छ’ भन्ने ।

परिवारका कारण बेचिएकी युवतीको कथा प्रस्तुत गरिएको फिल्म ‘सानी’को राजधानीमा आइतबार प्रिमियर शो गरिएको छ । कार्नेट नेपालको प्रस्तुतिमा प्रोमिस प्रोडक्सन फिल्मको व्यानरमा निर्मित फिल्मको प्रिमियर शोको उद्घाटन सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले गरे ।

फिल्म मात्र होइन म्युजिक भिडियोबाट समेत हराउँदै गरेकी अभिनेत्री रिमा विश्वकर्मा आइतबार बौद्ध टुसाल स्थित एक सैलुनको उद्घाटनमा देखिइन । रिमा बौद्ध टुसाल स्थित मोक्तान प्लाजामा रहेको ‘पिकरिश हेयर एण्ड ब्युटी सेलुन प्रोफेसनल इन्स्टिच्युट’ को उद्घाटनमा देखिएकी हुन् । उनले दुई जुम्ल्याहा बालकसँगै सैलनुको उद्घाटन गरिन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकमा डुबेकी अभिनेत्री श्वेता खड्का ज्वरोले थलिएकी छिन् । आइतबार फिल्मसँग आवद्ध कलाकार र पत्रकारहरु अभिनेता श्रीकृष्ण निवास पुग्दा उनी ज्वरोले थलिएकी भेटिइन् । श्रीकृष्ण श्रेष्ठका भिनाजु चन्द्र प्रसाद श्रेष्ठले श्वेतालाई दुई तीनदेखि ज्वरोले समातेको जानकारी गराए ।

२०१२ सालकी मिस नेपाल विजेता सृष्टि श्रेष्ठ हिरोइनको रुपमा आउँदैछिन् । सृष्टि श्रेष्ठ ‘छड्के’ निर्देशक निगम श्रेष्ठको अपकमिङ फिल्मबाट हिरोइनको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको तयारी स्वरुप सृष्टि हाल अभिनयको प्रशिक्षण लिन व्यस्त रहेको स्रोतले बतायो । सृष्टिलाई सुनिल पोखरेलले विशेष प्रशिक्षण दिईरहेका छन् ।

