विद्यालयमा हुने गरेका दण्ड सजायका कारण केही समयअघि काठमाण्डौको एक विद्यालयको शौचालयमा नै थुनिएर निधन भएका प्राथमिक तहका विद्यार्थीको जीवनीमा आधारित रहेर तयार पारिएको बृतचित्र ‘कखरा’को फष्टलुक र प्रोमो सार्वजनिक भएको छ ।
संचारकर्मी डिकेश लामाले निर्देशन गरेको यो बृत्तचित्रले ‘दण्डहिन शिक्षा, आजको आवश्यकता’ भन्ने मुल सन्देश बोकेको बताइएको छ । पुस्तक, पत्रिका, विद्युतिय माध्यमबाट प्रशारण भएका सामाग्री, सरकारी निकायहरुको अनुसन्धान आदिलाई हेरेर यो बृतचित्र तयार पारिएको हो । बृत्तचित्रका प्रस्तुतकर्ता एवं घटनाका टिपोटकर्ता विनोद लामा हुन् ।
बृत्तचित्रमा नायक राजेश हमाल न्यारेटरको रुपमा छन् भने मुख्य भूमिकामा 'लभ यू बाबा' फिल्म निर्देशन गरेका आठ बर्षे बालक सौगात बिष्ट छन् । सौजन्य सुब्बा, भूपेन चन्द, गजित बिष्ट, श्रीकृष्ण न्यौपानेलगायतले पनि अभिनय गरेका छन् ।

