मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

`अलबिदा`मा आर्यनको यस्तो छ एक्सन (प्रोमो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/15
अभिनेता आर्यन सिग्देलको फरक भूमिका रहेको भनिएको फिल्म 'अलबिदा'को प्रोमो रिलिज गरिएको छ । प्राय: फिल्ममा लभर व्यायको रूपमा देखिने आर्यन यो फिल्ममा भने एक्सन हिरोको रूपमा देखिने सार्वजनिक प्रोमोले देखाएको छ । 
 
मुस्लिम र हिन्दू समुदायको कथा भन्ने अलबिदा'मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । अनिताले मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गरेकी छिन् भने हसनले मुस्लिम समुदाय र आर्यनले हिन्दू समुदायको प्रतिनिधित्व गरेका छन् । 
 
पौष २५ गतेका लागि रिलिज मिति तय गरिएको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन, रमेश्वर कार्कीको छायाँकन तथा विपिन मल्लको सम्पादन छ ।