मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

साथीभाईको सन्तान हेरेर प्रियंकालाई डाह

फिल्मीखबर, काठमाण्डौ, 2014/10/15
लामो समय अमेरिका बसेपछि नेपाल फर्किएर फिल्ममा व्यस्त अभिनेत्री प्रियंका कार्कीले सन्तानको चाहना व्यक्त गरेकी छिन् । पतिसँग कुरा मिल्न नसकेपछि डिभोर्स भएको बताउने यी अभिनेत्रीले आफ्नो काखमा पनि घोर्ले सन्तान भैदिए रमाइलो हुने भाव व्यक्त गरेकी छिन् । 
 
आफ्ना साथीसंघीको छोराछोरी हेरेर उनको मनमा डाहा हुनेगर्छ । तर, श्रीमानसँग हुँदा सन्तानको बारेमा नसोचेकी कार्कीले अलग भएपछि भने यस्तो चाहना राखेकी  छिन् ।
 
प्रियंकालाई आफ्नो जीवनमा कुनै दिन खोजे जस्तै पुरुष जोडिन आउछन् भन्ने विश्वास छ । उनले आजसम्म मनपर्ने केटा नपाएको बताएकी छिन् । फेरि प्रियंकालाई लभ गर्ने समय पनि छैन रे ! प्रियंका अब बिहे नै नगरी पनि जीवन चलाउन सक्ने सोचाइमा छिन् । तर, आफूले खोजेजस्तो पुरुष आएको खण्डमा बिहे गर्ने चाहना उनको मनबाट सेलाएको छैन । 
 
प्रियंकाको वुझाइमा कलाकारको क्रेज बिबाहले घटाउने र बढाउने गर्दैन । दर्शकले कलाकारको बिबाह भएको या नभएको वुझेर फिल्म हेर्न नजाने उनको वुझाई छ । 
 
केहि नेपाली अभिनेत्रीहरूले पतिसँग सम्बन्ध टाढा बनाएपछि सन्तानको रहर भएको चाहना राखेको बताउने गर्छन् । यो भिडमा प्रियंका पनि परेकी छिन् । प्रियंकाले पनि बेलैमा सोचेको भए उनको काखमा पनि घोर्ले छोराछोरी हुन्थे कि !