
८७ औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)मा प्रतिश्पर्धाका लागी नेपालबाट दुई फिल्मको नाम दर्ता भएको छ । 'विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले फिल्म दर्ताको लागी आह्वान गरेपछी 'झोला' र 'मोक्ष' दर्ता भएका हुन् ।

भाद्र ६ गते रिलिज हुने भनिएको फिल्म 'सम्बोधन'ले रिलिज मिती सारेको छ । अत्याधिक सफलताकासाथ प्रदर्शनरत फिल्म 'कोहिनूर' उत्रने छाँट नदेखिएपछी निर्माण युनिटले श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरूप भन्दै रिलिज पोस्टपोण्ड गरेको हो ।

पाठेघरको क्यान्सरलाई जितेर नयाँ जिवन पाएकी अभिनेत्री मनिषा कोईरालाले धर्मपुत्री पाल्ने तयारी गर्दैछिन् । सम्राट दाहालसँगको ब्रेकअप पश्चात एकल जिवन बिताईरहेकी मनिषाले आफ्नो जन्मदिनमा यस्तो रहस्य खोलेकी हुन् ।

चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले चलचित्र पत्रकार संघले कार्यशालाको आयोजना गर्ने भएको छ । संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कायाशाल गर्ने सम्बन्धमा जानकारी गराएका हो । संघ महासचिव सन्दिप सापकोटा हस्ताक्षरित विज्ञप्तीका अनुसार संघले आगामी यही महिनाको भदौ २६ देखि २९ सम्म हेटौंडामा कार्यशालाको आयोजना गर्नेछ । उक्त कार्यशाला चलचित्र पत्रकार संघ मकवानपुर शाखाले व्यवस्थापन गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फिल्म ‘लज्जा’को ट्रेलरसार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यस फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । म्युजिक भिडियोमा जमेकी मोडल शिल्पा पोखरेलले यही फिल्मबाट रजतपटको यात्रा थालेकी हुन् ।

गतहप्ता रिलिज भएको ‘कोहिनूर’ले हल छाड्ने संकेत नदेखाएपछि भदौ ६मा रिलिज हुने फिल्मका निर्माताहरु तनावमा परेका छन् । गत साउन २३ मा रिलिज भएको फिल्मले दर्शकसँगै हल संख्या पनि बटुल्न थालेपछि भदौ ६ मा फिल्म रिलिज गर्ने निर्माताहरु तनावमा परेका हुन् । तीजको विदा खान भनेर भदौ ६ मा तीन नेपाली सिनेमा रिलिज हुने तरखरमा थिए । ‘ताण्डव’ र ‘सम्बोधन’लाई सम्भावित फिल्मको सूचीमा राखिएको थियो ।

