Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17317 - 17322 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्यतिथीमा श्रद्धाञ्जली स्वरूप आफूले लेखेको कविता बाचन गर्न सुरु मात्र के गरेका थिए डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ एकाएक भकानिए । कविता वाचन गर्दै गर्दा भक्कानिएपछी उद्घोषक दिनेश डीसीले उक्त कविता पूरा वाचन गरेर सुनाए । सुन्दरले लेखेको कविता सुनेपछी उपस्थित सबैको आँखा रसाएका थिए । सुन्दरले लेखेको कविता यस्तो छ -

फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

बलिउड अभिनेता अनुपम खेर राजधानी आएका छन् । बिहीबार ११ बजेको फ्लाइटबाट राजधानी झरेका अनुपम खेर शुक्रबार आर्मी अफिसर्स क्लबमा मञ्चन हुने ‘कुछ भि हो सकता है’ शीर्षकको नाटक लिएर आएका हुन् । अनुपम खेरको एकल प्रस्तुति रहने नाटक बालबालिकाको क्षेत्रमा काम गरिरहेको ‘कोसेली’ फाउण्डेसनको सहयोगार्थ हुन लागेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पूर्ण कदको शालिक काठमाण्डौको कमलादिस्थित प्रज्ञा भवनमा राख्नु पर्ने माग गरिएको छ । श्रीको परिवारले उनको सम्मानका लागि नेपाल सरकारसँग यस्तो माग राखेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं दिनको पुण्यतिथीको अवसरमा नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्‍यो । घट्टेकुलोस्थित प्रहरी सामुदायिक सेवा केन्द्रको भवनमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मीहरूले श्रीलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

अभिनेत्री रेखा थापाको आज भाद्र ५ गते जन्मदिन हो । तामाझामका साथ जन्मदिन मनाउने रेखाको कुनै योजना छैन । अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औँ पुण्यतिथी आफ्नै जन्मदिनमा परेको हुनाले रेखाले सेलिब्रेसन मुड नबनाएकी हुन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-08-21, बिहिवार

बलिउडका चर्चित अभिनेता अनुपम खेर बिहीबार काठमाडौं आइपुगेका छन् । ट्विटरबाट आफू काठमाण्डौ आएको जानकारी गराउँदै खेरले नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन । 

Results : 17317 - 17322 of 24017