मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`जिन्दगी रक्स`मा अकेशाले यसरी गरिन् डबिङ (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/22

एक सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरेका निकेश खड्काद्धारा निर्देशित पहिलो फिल्म 'जिन्दगी रक्स' डबिङको अन्तिम चरणमा पुगेको छ । वानेश्वरको रियल टाइम स्टुडियोमा डबिङको काम चलिरहेको युनिटले जनाएको छ ।

विशुद्ध मनोरञ्जनात्मक र सामाजिक कथामा केन्द्रित फिल्म 'जिन्दगी रक्स'ले हरेक मानिसले आफ्नो युवा अवस्थामा देखाउने व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकार मार्फत प्रस्तुत गर्न खोजेको निर्देशक खड्काले बताए ।

मोडल तथा भिजे अकेशा विष्ट यसै फिल्म मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन् । अफर आएर पनि फिल्म खेल्न नमानेकी अकेशाले यो फिल्ममा अभिनय गर्नुको कारण मजबुत स्क्रिप्ट र जोशिलो टिम भएको बताईन् । डबिङ गर्दै गर्दा भेटिएकी अकेशाले अब भने फिल्मलाई निरन्तरता दिने बताईन् ।  

'जिन्दगी रक्स'मा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी र द्धन्द निर्देशक राजेन्द्र खड्कीले अभिनय गरेका छन् । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठले फिल्मलाई निर्माण गरेका हुन् । रिलिज मिती तय नगरिएको यो फिल्मको पोस्ट प्रोडक्सनको काम केही दिनमा सकिने बताईएको छ ।