एस.के प्रोडक्शनले ‘ए मेरो हजुर २’को निर्माण गर्ने भएको छ । हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा सिनेमा निर्माणको घोषणा गरिएको हो ।
निर्माता सुनिल कुमार थापा र झरना थापाले यो सिनेमाको निर्माण गर्न लागेको हो ।
झरना र सुनिलकी १८ बर्षकी छोरी सुवानी थापाले सिनेमा निर्माण हुन लागेको जानकारी गराइन् । चलचित्रमा अनमोल केसी, स्वतन्त्रप्रताप शाह कलाकारको रुपमा रहने पक्का भएको छ । यो सिनेमाको निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् । ‘ए मेरो हजुर’ लाई जस्तै यो सिनेमालाई पनि सबैले माया गरिदिने विश्वास सुवानीले लिइन् ।
चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रले यूवापुस्ताको कथा चित्रित गर्नेछ । यो सिनेमा बसन्त सापकोटाले संगीत भरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/10/198747/#sthash.Uuuwzhu8.dpuf
एस.के प्रोडक्शनले ‘ए मेरो हजुर २’को निर्माण गर्ने भएको छ । हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा फिल्म निर्माणको घोषणा गरिएको हो । निर्माता सुनिल कुमार थापाले यो फिल्मको निर्माण गर्न लागेका हुन् ।
झरना र सुनिलकी १८ बर्षकी छोरी सुवानी थापाले फिल्म निर्माण हुन लागेको जानकारी गराइन् । यो फिल्मको निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् । फिल्ममा अनमोल केसी, स्वतन्त्रप्रताप शाह कलाकारको रुपमा रहने पक्का भएको छ । फिल्ममा बसन्त सापकोटाले संगीत भरेका छन् ।