मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सामाजिक हुन नसकेका हमाल

फिल्मीखबर, हङकङ, 2014/10/22

अभिनेता राजेश हमाललाई सामाजिक हुन नसकेको आरोप सधै नै लाग्ने गरेको छ । फिल्मकर्मीको माझमा पनि आफूलाई एक्लै राख्दै आएका हमालले हङकङमा आयोजना भएको सातौ नेफ्टा फिल्म अवार्डमा पनि यस्तै तरिका देखाए ।


अभिनेता राजेश हमालभन्दा अन्य फिल्मकर्मी एकसाथ देखिए । कलाकारहरु एकसाथ रमाइलो गर्दै हिडडुल गरिरहँदा हमालले भने कता हराए? कसैले पत्तो नै पाएन । एकातिर, राजेश हमाललाई कलाकर्मीले अवार्ड समारोहमा मात्र देख्न पाए ।

उनी हङकङ कतिवेला आए कुन ? होटलमा बसे ? कसैले पत्तो पाएनन् । हमालले खाना समेत फिल्मकर्मीहरूले खादै आएको होटलमा खाएनन् । हमालको यो शैलीलाई धेरै फिल्मकर्मीले सामिाजक हुन नसकेको भन्दै प्रतिक्रिया दिए ।

यता, हमाल भने अवार्ड समारोहमा खुबै चम्किएका थिए । दर्शकको माझमा घेरिएका हमाललाई कतीले त बुढा भएछन् भन्ने प्रतिक्रिया पनि दिए । तर, पनि ९० जना फिल्मकर्मीको माझमा रहेका हमालले आफूलाई उपस्थित गराउन नसक्नु उनको सेलिब्रेटीको क्रेज बनाउने तरिका थियो या अन्य नै, उनले नै वुझेका होलान् ।