मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाईके`को लुक्स र गेटअपको चर्चा (भिडियोसहित)

फिल्मीखबर, पोखरा, 2014/10/22

तिहारको शुभकामना बाँड्दै नेपाली फिल्म ‘नाईके’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ । मंसिर १९ गते रिलिज मिति घोषणा गर्दै फिल्म यूनिटले प्रचारलाई तिव्र पारेको हो । प्रचारप्रसारस्वरुप यूनिटले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको गीत र प्रोमो समेत सार्वजनिक गरेको छ ।


पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक नेत्र गुरुङले नाईके उत्कृष्ट फिल्म बनेको बताए । ‘शैलीको हिसाबले फिल्ममा नयाँपन दर्शकले पाउनेछन्’, उनले भने–‘प्राविधिक हिसाबले पनि फिल्म निकै उत्कृष्ट बनेको छ ।’ फिल्ममा सँधै लभरब्वाई चरित्रमा आउने आर्यन सिग्देललाई पहिलोचोटी रिसाहा अवतारमा आफुले प्रस्तुत गरेको उनले पत्रकार सम्मेलनमा बताए ।

गीत र प्रोमो हेरिसकेपछि संचारकर्मीहरुले आर्यन सिग्देलको लुक्स र गेटअपको समेत खुब चर्चा गरे । फिल्ममा समावेश चारवटै गीतहरु पत्रकार सम्मेलनमा देखाईएको थियो । गीत हेरिसकेपछि कोरियोग्राफिमा डेब्यू गरेका रोहन नेपालीले समेत संचारकर्मीहरुको वाहवाही पाए ।

पत्रकार सम्मेलनमा ‘नाईके’ आर्यन सिग्देल भने उपस्थित भएनन् । आर्यन हाल देश बाहिर भएका कारण  पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । नायिका सुरबिना कार्की पनि पत्रकार सम्मेलनमा उपस्थित थिईनन् । फिल्मका अन्य दुई अभिनेता रेम बिक र बोधराज रेग्मी भने पत्रकार सम्मेलनमा उपस्थित थिए ।

ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा बनेको फिल्म ‘नाईके’का कार्यकारी निर्माता विष्णु हमालले फिल्मलाई उत्कृष्ट बनाउनका लागि खर्चमा कुनै कन्जुस्याई नगरेको बताए । फिल्ममा ७० लाख रुपैँया लगानी भएको उनले जानकारी दिए । फिल्ममा हमालसँगै जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत लगानी रहेको छ । फिल्म राजीव श्रेष्ठको डिजाईनमा बनेको हो । फिल्मलाई एफडी कम्पनी र गोपाल कायस्थले वितरण गर्दैछन् ।

'नाईके'मा आर्यन सिग्देल, रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । 'नाईके'लाई अर्जुन तिवारीले खिचेका हुन् । सानुकुमार महर्जनको द्वन्द निर्देशन रहेको फिल्ममा योगेश काजी बिसी, ताराप्रकाश लिम्बु र रमण गायकको संगीत रहेको छ । फिल्मको सम्पूर्ण छायाँकन पोखरामा भएको हो ।