मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(124 votes, avg 1.00/5.00)
Text size:-
+
-

तस्विरमा हङकङको नेफ्टा अवार्ड

फिल्मीखबर, हङकङ, 2014/10/22

नेपाल चलचित्र पाविधिक संघ (नेफ्टा) द्वारा सोमबार राती हङकङमा आयोजित नेफ्टा अवार्डमा 'धन्दा' फिल्मबाट अर्पण थापा र 'बितेका पल' फिल्मबाट केकी अधिकारी उत्कृष्ट अभिनेता/ अभिनेत्री घोषित भए । ३१ विधामा बाँडिएको अवार्डमा फिल्म ‘धन्दा’ ले सबैभन्दा धेरै अवार्ड पायो ।

एसके थापा प्रोडक्सनको आयोजनामा स्थानीय आयोजक ग्रेट पर्फेक्टको इभेन्ट म्यानेजमेन्ट रहेको अवार्ड कार्यक्रम हङकङको सिम सा चुईमा रहेको चार तारे बीपी इन्टरनेशनल होटलमा करिब हजार दर्शक माझ चलेको थियो ।

अभिनेता राजेश हमालले कविता वाचन गरेर शुरू गरिएको कार्यक्रममा दिलिप रायमाझी, केकी अधिकारी, गौरव पहारी, सुदर्शन थापा, नीता ढुगाना र पूजा शर्माको समुहले पहिलो प्रस्तुती दिएका थिए । यस्तै नन्दिता केसी र मलिना जोशीको नृत्य, सत्य–स्वरुपराज आचार्य, रजिना रिमाल, शम्भुजित बासकोटाको गायनले कार्यक्रमलाई आकर्षक बनाएको थियो ।

विल्सन विक्रम राईले उपस्थित दर्शकलाई पेट मिचिमिची हँसाएका थिए भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रद्धान्जली प्रकट गर्दै झरना थापा, दिलिप रायमाझी, जीवन लुईटेल र सुदर्शन थापाले मिलेर श्रीले अभिनय गरेका गीतमा नृत्य गरेका थिए ।

नेफ्टाले यसवर्ष संगीतकार शम्भुजित बासकोटा, अभिनेत्री करिश्मा मानन्धर र आन पूर्वअध्यक्ष निर्मलराज पौडेललाई क्रमशः महान संगीतकार, सदाबहार नायिका र विज्ञापन गुरुको उपाधीले सम्मान गर्‍यो । यस्तै स्थानिय आयोजक ग्रेट पर्फेक्टले अभिनेता भुवन केसीलाई र एनआरएन हङकङले रमेश खरेललाई विशेष सम्मान गरिएको थियो ।

सुचना तथा सचारमन्त्री मिनेन्द्र रिजालले उदघाटन गरेको अवार्ड कार्यक्रममा मन्तवय दिदै नेफ्टा अध्यक्ष मनोज केसीले आगामी अवार्ड बेलायतमा गर्ने तयारी भईरहेको जानकारी दिए । गतवर्ष मलेसियामा अवार्ड आयोजना गरिएको थियो ।

 

प्रतिष्पर्धीको रूपमा ३१ विद्यामा बाँडिएको नेफ्टा अवार्डको नतिजा यस्तो छ….

उत्कृष्ट लेखक : अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट पटकथा : सुवर्ण थापा (सुनगाभा)
सर्वोत्कृष्ट संवाद : दीपकराज गिरी (छ एकान छ)
सर्वोत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
सर्वोत्कृष्ट पहिरन : निलिमा शर्मा (वितेका पल)
सर्वोत्कृष्ट कला निर्देशक : हितमान गुरुङ (मौन)
सर्वोत्कृष्ट नृत्य निर्देशक : रिनाशा राई (भिजा गल)
सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : हिमाल केसी (वार)
सर्वोत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (वधशाला)
सर्वोत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाइ नभन्नु ल २ )
सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा (रिदम)
सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
सर्वोत्कृष्ट म्यूजिक एरेन्जर : नव क्रान्ती ब्यान्ड (मोक्ष)
सर्वोत्कृष्ट गायक पुरुष : स्वरुपराज आचार्य (रिदम)
सर्वोत्कृष्ट गायक महिला : मिलन अमात्य (नोटबुक)
सर्वोत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
सर्वोत्कृष्ट बाल कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
सर्वोत्कृष्ट खलपात्र : झरना थापा (कोही त छ )
सर्वोत्कृष्ट चरित्र अभिनेता : दयाहाङ राई (साँघुरो)
सर्वोत्कृष्ट चरित्र अभिनेत्री : अरुणा कार्की (साँघुरो)
सर्वोत्कृष्ट सह-अभिनेता : सन्दिप क्षत्री (छ एकान छ)
सर्वोत्कृष्ट सह-अभिनेत्री : प्रियंका कार्की (नाइ नभन्नु ल 2)
सर्वोत्कृष्ट नव अभिनेता : गौरव पहारी (मञ्जरी)
सर्वोत्कृष्ट नव अभिनेत्री : पूजा शर्मा (मधुमाश)
सर्वोत्कृष्ट नव निर्देशक : सुरज भूषाल (मौन)
सर्वोत्कृष्ट नायक : अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट नायिका : केकी अधिकारी (बितेका पल)
सर्वोत्कृष्ट फिल्म : धन्दा
सर्वोत्कृष्ट निर्देशक : सुदर्शन थापा (धन्दा)

प्रोत्साहन पुरस्कार : स्वतन्त्र प्रताप शाह
पपुलर अभिनेत्री : नम्रता श्रेष्ठ
पपुलर अभिनेता : जीवन लुईटेल
पपुलर फिल्म : छ एकान छ
जुरी अवार्ड : मोक्ष