
एनएफडीसीले आयोजना गरेको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा 'झोला' फिल्म उत्कृष्ट भएको छ । फिल्म सहित झोलाले निर्देशक (यादव भट्टराई), अभिनेत्री (गरिमा पन्त) र सह-अभिनेत्री (लक्ष्मी गिरी) को पुरस्कार हात पर्यो ।

नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले सुर्दशन थापालाई जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिएको छ । ३२औँ बर्थडेको अवसरमा आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन सेन ठकुरीले थापालाई र्सप्राईज स्वरुप पहिलो फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन् ।

नेपाल चलचित्र कलाकार संघले आफ्नो १३ औं साधारण सभा आज काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ । साधारण सभामा चलचित्र क्षेत्रका विभिन्न कलाकार तथा पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत भए ।

'तपाईंको ड्रेस त गज्जबको लाग्यो' एउटा व्यङ्य प्रश्न गर्दा सुमिनाले हाँस्दै जवाफ दिईन, 'कहिलेकाहीं जवानी देखाउन मन लाग्छ क्या ।' जवानी कस्तो ठाउँमा देखाईन्छ सुमिना घिमिरेले बुझिनन् या हामीले ? पाठकले पक्कै बुझ्नु हुनेछ जब परिवेशलाई यसरी व्याख्या गरिन्छ ।

अभिनेताको ताज पहिरेका निखिल अब निर्माता र निर्देशक पनि बन्दै छन् । भोली आईतवारबाट सर्लाहीको मलंगवामा फिल्म `भैरव`को सुटिङ गर्न निखिल आफ्नो टिम लिएर आज त्यता प्रस्थान गर्दैछन् । 'दसैंं अगाडीसम्म सर्लाहीमा सुटिङ गरेर काठमान्डौ फर्कन्छौं', निर्देशनमा डेब्यू गर्न लागेका निखिलले बाँकी सुटिङ काठमान्डौमा गर्ने बताए ।


