Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो फिल्ममा आफै हिरो | बन्दै छ `चंखे शंखे पंखे`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/11

जसले हिरो बनाए आज उनी आफ्नै सामु छैनन् तर उनका यादलाई बिर्सन कहाँ सकिन्छ र ? हो, स्वर्गीय निर्देशक आलोक नेम्वाङलाई सम्झिदै अभिनेता समेत रहेका निर्देशक सुदर्शन थापाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् ।


'चंखे शंखे पंखे' नाममा सुदर्शनले छैठौं फिल्म निर्देशनको घोषणा गरे । मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमका बिच सुदर्शनले आफ्नै मुख्य भूमिका रहने फिल्म निर्देशनको घोषणा गरेका हुन् । फिल्ममा सुदर्शन 'शंखे'को भूमिकामा देखिने छन् । आलोकले निर्देशन गरेको 'अझै पनि'बाट सुदर्शन अभिनेताको रूपमा पनि आउँदैछन् । यो फिल्म आउँदो फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।

कमेडी र राष्ट्र प्रेम झल्कने 'चंखे शंखे पंखे'मा चंखेको भूमिकामा सुवास थापा र शंखेको भूमिकामा नव कलाकार प्रेम पुरी देखिनेछन् । यस्तै फिल्ममा पूजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रबिन्द्र खड्काको पनि मुख्य भूमिका रहने छ ।  

यहि बिहीवारदेखि छायाँकन सुरु हुने फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् । संगीतकार तारा प्रकाश लिम्बुको ३ वटा गीत रहने यो फिल्ममा गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् भने द्धन्द अष्ट महर्जनको रहनेछ । करिब ८० लाखको बजेटमा निर्माण हुन लागेको यो फिल्मलाई नयाँ निर्माता सन्तोष सेन ठकुरीले निर्माण गर्नेछन् । 

 

३ बेरोजगार यूवाको कथामा बन्न लागेको यो फिल्मले आत्महत्याको बिषयलाई पनि उठान गर्ने जानकारी निर्माणपक्षले दिएको छ । कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार सुदर्शन थापाले नेपालमा बढ्दै गएको आत्महत्याको कथालाई फिल्ममा देखाउने बताए । फिल्मको कथा रामशरण पाठकले लेखेका हुन् ।

Most Visited News (monthly)