Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कथा र संगीतले तानिएको `नाइके`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/11

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'को अडियो एल्बम बिमोचन गरिएको छ । फिल्मका कलाकार तथा प्राविधिकको साथमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, निर्माता सुवास गिरी लगायतले एल्बमको बिमोचन गरेका हुन् ।


नेत्र गुरुङको निर्देशनमा बनेको यो फिल्ममा ताराप्रकाश लिम्बु, रमन गायक, योगेश काजीले संगीत भरेका छन् । फिल्ममा ४ गीत समावेश छन् । जसमा योगेश काजी, मेलिना राई, धमेन्द्र सेवान, नुरजंग गुरुङ र रोशनी अधिकारीको स्वर छ ।

यो फिल्ममा आर्यन सिग्देल शिर्ष भूमिकामा देखिएका छन् । कार्यक्रममा उपस्थित आर्यनले फिल्मको कथा मन परेकाले काम गरेको बताए । आफूलाई एक्सन भूमिकामा गर्न मन लागेको र निर्देशक नेत्र गुरुङले यस्तै कथा सुनाएपछि काम गर्न ईच्छुक भएको आर्यनको तर्क थियो । उनले फिल्मका सबै गीत उत्कृष्ट रहेको बताए ।


आर्यनले यो फिल्ममा एक्सनमा विशेष ध्यान दिएका छन् । उनलाई फिल्ममा सुर्बिना कार्कीले साथ दिएकी छिन् । यस्तै फिल्ममा रेमा बिक र बोधराज रेग्मीको पनि मुख्य भूमिका छ । बिष्णु हमाल कार्यकारी निर्माता रहेका फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले पनि लगानी गरेका छन् ।


एल्बम बिमोचन कार्यक्रममा फिल्मका संगीतकार रमन गायक, गायक तथा संगीतकार योगेश काजी र गायिका मेलिना राइले गीत गाएर सुनाएका थिए । अर्जुन तिवारीको छायाँकन रहेको यो फिल्मको वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । कायस्थले फिल्म नाइके नाम सुन्ने वित्तिकै आफूले वितरण गर्न अगाडि सरेको बताए । यो फिल्मले आर्यनलाई नयाँ परिचय दिने अपेक्षा गरिएको छ ।

Most Visited News (monthly)