Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

के निखिल र रेखासँगै देखिएलान् ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/12
यतिबेला फिल्म नगरी अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापाको पुनर्मिलनको प्रतिक्षामा छ । ८ बर्षसम्म एक आपसमा दुरी बनाएको यो जोडी फेरी पर्दामा देखिने तयारीमा छ ।
 
 
वितरक गोपाल कायस्थले फिल्म 'लुटेरा'मा निखिल र रेखाको जोडीलाई लामो समयपछि पर्दामा उतार्ने तयारी गरेका छन् । जसका कारण पनि कात्तिक २० गतेबाट सुरु हुने भनिएको फिल्मको छायांकन केही महिना पर सरेको छ । अभिनेत्री रेखा थापाको भूमिकामा परिवर्तन गर्नुपरेका कारण छायांकन पर सारिएको हो ।
 
वितरक कायस्थले रेखाले फिल्ममा काम गर्ने पक्का भैसकेको जानकारी दिएका छन् । तर, यस बारेमा फिल्मका निर्देशक सविर श्रेष्ठ, अभिनेत्री थापाले केही बोलेका छैनन् ।
 
बसन्त कुमार श्रेष्ठको मुख्य लगानी रहने फिल्ममा अभिनेत्री हर्षिका श्रेष्ठले काम गर्ने पक्का भैसकेको छ । पूर्णतया द्धन्द्धात्मक रुपमा तयार हुन लागेको फिल्ममा रेखाले काम गर्ने संभावना प्रवल छ । रेखाले फिल्मको भूमिकामा आफूलाई हिरोको रुपमा देखाउन चाहेकी छिन् । यो बिषयमा कुरा मिलेको खण्डमा फिल्ममा निखिल र रेखाको जोडी देखिनेछ ।
 
निखिलले नै निर्देशन गरेको फिल्म 'भैरव'मा रेखाले आइटम नृत्य गर्ने तय भैसकेको छ । यहीबाट नै रेखा र निखिलको लामो समयदेखि बन्द भएको बोलचाल खुलेको हो ।
Most Visited News (monthly)