Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेलवर्नमा `सेतो बाघ`लाई यस्तो प्रतिकृया (भिडियो)

फिल्मीखबर, मेलर्वन, 2014/11/12
अष्ट्रेलियाको मेलर्वन शहरमा 'सेतो बाघ' फिल्मको रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । पहिलो पटक सार्वजनिक प्रदर्शन गरिएको यो फिल्मको प्रतिकृया निकै राम्रो मिलेको छ ।
 
नीर शाह निर्देशित यो फिल्मलाई दर्शकले उत्कृष्ट बनेको प्रतिकृया दिए । श्रीमती उषा र निर्देशक ज्ञानेन्द्र देउजाका साथ अष्ट्रेलिया पुगेका निर्देशक शाहले दर्शकले दिएको प्रतिकृयाबाट आफू निकै खुसी भएको बताए ।      
 
मेलर्वन स्थित क्यापिटल थिएटरमा आयोजित प्रिमियर शोमा दर्शकको उपस्थिती पनि निकै राम्रो रहेको थियो । डायमन शमशेर राणाको ऐतिहासिक कृतिमाथि बनेको 'सेतो बाघ'को अर्को शो आउँदो शनिवारका दिन सिड्नीमा पनि हुँदैछ ।
 
'सेतो बाघ'मा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई उठाईएको छ । फिल्ममा विएस राणा मुख्य भूमिकामा छन् । फिल्मको नेपाल रिलिज मिति तय भइसकेको छैन ।
 

Most Visited News (monthly)