

सयौं फिल्मको वितरण गरिसकेका र केही फिल्म निर्माण गरेका सुनिल मानन्धर नेपाली फिल्ममा लगानी गर्नु मुर्खता हो भन्छन् । बुधवार एक कार्यक्रममा उनले नेपाली फिल्ममा लगानी गर्नुभन्दा अन्य कुनै व्यवसायमा लगानी गर्दा राम्रो हुने बताए ।

भदौ २० गते शुक्रबारदेखि हलमा प्रदर्शनरत नेपाली फिल्म ‘बिर्खेलाई चिन्छस्’का बिर्खे पात्र अर्थात अभिनेता सुवास थापा फिल्मको व्यापारले गति लिँदै गएपछि मख्ख छन् । आफैँ निर्माता बनेर बनाएको फिल्म ‘बिर्खेलाई चिन्छस्’ दर्शकहरुको रोजाईमा परेको उनले सुनाउँदै हिँड्न थालेका छन् ।

कलाकार महिमा सिलवाललाई चौथो पटक लिएर निर्देशक ऋषी न्यौपानेले 'बादशाह' फिल्म बनाउने भएका छन् । यो फिल्मको भोली बिहीबारबाट छायांकन सुरु हुने बताइएको छ । फिल्ममा महिमा सुशिल क्षेत्रीको जोडीको रुपमा देखिनेछिन् ।


'होस्टेल' फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गरेका हेमराज विसी निर्देशित सम्बोधन शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि देशभर प्रदर्शन प्रदर्शन हुने भएको छ । यो फिल्म भाद्र ६ गतेबाट सरेर माघ १६ मा पुगेको हो ।

