
फिल्म ‘भुलभूलैया’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो फिल्मको समाप्ती एक गीत थाती राख्दै गरिएको हो । अभिनेता जीवन लुईटेल शुक्रबार अमेरिकातर्फ लाग्ने भएपछि गीत छायांकन गर्न नसकिएको हो ।

बिहान सुनसान हुने दरवारमार्गको एक गल्लीमा बिहीबार भने होहल्ला भएको देखियो । मान्छेको आवतजावत काम भएपनि याक एन्ड एती होटलको गेट अगाडीको परिसरमा केही भीडभाड थियो । स-साना बालबालिकाहरू च्यातिएको पहिरनमा यताउती कुदेको देखिन्थ्यो भने केही भद्र भलाद्मीहरू आ-आफ्नै धुनमा व्यस्त देखिन्थे ।

पछिल्लो समय गायकीबाट केही ओरालो लागेकी गायिका अञ्जु पन्त अहिले एक विवादस्पद कामका कारण चर्चा र आलोचनामा घेरिएकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा उचाइमा पुगेकी गायिका पन्तले एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै गाउन मानिन् । यसकारण उनी अहिले बिबादमा छिन् ।

अभिनेता सौगात मल्लले आफ्नो मनमा प्रियंका कार्कीलाई राखेका छन् । उनी भन्छन्, 'यो मनमा हमेशा तिमी छाईरहन्छ्यौ, देख्दा मलाई सर्माइ रहन्छ्यौ ।' सौगातलाई प्रतिउत्तर दिंदै प्रियंका भन्छिन्, 'मेरै घरको छेउमा धाईरहन्छौ, हेरी मलाई मुस्कुराई रहन्छौ ।'

डाक्टरले काम नगर्न दिएको सल्लाह नमानी फिल्मको छायांकन सकाउन तर्फ लाग्दा अभिनेता आर्यन सिग्देल घाइते भएका छन् । आज ललितपुरको बालकुमारीमा फिल्म 'आवेग'का लागि एक्सन दृश्य गर्ने क्रममा आर्यनको घुँडामा गम्भिर समस्या देखिएको हो ।

गत भाद्र १३ गतेबाट काठमाण्डौ उपत्यकामा प्रदर्शन भएको फिल्म 'उत्सव' उपत्यका बाहिरका हलमा असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म वितरण कम्पनी एफडीले उक्त मितिका लागि हल व्यवस्थापन गरेको हो ।

