Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17233 - 17238 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-08, सोमवार

बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । विगत ३० बर्षयता प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा जागिरे रहेका बाँस्कोटा गत शुक्रबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-07, आईतवार

मंसिर ५ गते नेपालका हलहरूमा लाग्ने नेपाली फिल्म 'श्री ५ अम्बरे'को अडियो गीतहरू सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ५ वटा गीतहरूलाई साउण्ड क्लाउड मार्फत सार्वजनिक गरिएको हो । गीतसँग फिल्म सुटिङ बेलाका तस्विरहरू पनि सार्वजनिक गरिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-07, आईतवार

अभिनेता आर्यन सिग्देलले आफू कहिल्लै स्टार नभएको बताएका छन् । फिल्मीखबरमा प्रकाशित `म देशको एक मात्र नायक` भन्ने शिर्षकको समाचारमा आफूले भन्न खोजेको आशय अर्कै रहेको बताउँदै आफूले कहिलै 'स्टार' भनेर घमन्ड नगर्ने भनाइ राखे । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-07, आईतवार
अमेरिकामा लामो समय बसेपछि अभिनेता रमेश उप्रेती र अभिनेत्री गौरी मल्ललाई फेरि नेपाली फिल्म क्षेत्रमा घुलमिल हुने जोश पलाएको छ । समय, मानिस, मिडिया, बिषयवस्तु र दर्शक सबै परिवर्तन भएका छन् । यसैले पनि रमेश र गौरीका लागि पुरानै स्थानमा पुग्नु फलामको चिउरा चपाउनु जस्तै पक्कै होला ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-09-07, आईतवार

समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभको संयुक्त आयोजनामा मन्डे मुभिज नामक कार्यक्रम सोमबार (भदौ २३, अपरान्ह ४:४५) देखि सुरु हुँदैछ । कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्पारो’ प्रर्दशन गरिने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-06, शनिवार

अभिनेता आर्यन सिग्देलले घुमाउरो शैलीमा आफूलाई देशको एक मात्र नायक भएको दाबी गरेका छन् । आज काठमाण्डौमा सम्पन्न भएको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेताबाट अवार्ड जितेपछि उनले यस्तो भनाइ राखेका हुन् ।  

Results : 17233 - 17238 of 24017