Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दोश्रो पटक निर्देशक बन्दै अजय देवगन

फिल्मीखबर, काठमाण्डौ, 2014/11/11
बलिउडमा अभिनेताहरूले फिल्ममा अभिनय मात्र गरेको पाइन्छ । फिल्म निर्देशनमा खासै हात हालेका छैनन् । तर, बलिउड अभिनेता अजय देवगनले भने दोश्रो पटक फिल्म निर्देशन गर्न अग्रसर भएका छन् ।
 
 
पहिलो फिल्म 'यू मी और हम'को निर्देशन गरेर चर्चा कमाएका अजयले दोश्रो फिल्म 'शिवाय' निर्देशन गर्न लागेका हुन् । सन् २०१५ को सुरुवातबाट छायांकनमा जान लागेको यो फिल्मका लागि अजयले तयारी गरिसकेका छन् ।
 
अजय यतिबेला आफ्ना फिल्मका लेखक र अन्य टिमसँग लामो समय बिताइरहेका छन् । यो फिल्मको छायांकन बेलायत, रुस, पोल्याण्डका साथमा यूरोपका विभिन्न रमणिय स्थानमा हुनेछ ।
 
यो फिल्मका कलाकार पक्का भैसकेका छैनन् । बलिउडमा एक्सन हिरोको रुपमा जमिरहेका अजयले निर्देशन गर्न लागेको 'शिवाय' कस्तो कथामा बन्ने हो, खुलेको छैन ।
Most Visited News (monthly)