Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17245 - 17250 of 24017
सुमन गैरे, काठमाण्डौ, 2014-09-05, शुक्रवार

३० बर्ष भन्दा ज्यादा फिल्म क्षेत्रमा विताएका मेकअप म्यान शाम्भा दि पाटिलले गत बर्ष फिल्म क्षेत्रलाई ठुलो गुन लगाएर यो संसारबाट बिदा भए । तिनै पाटिलको परिवार अहिले सहयोगको अपेक्षामा छ तर कसैले गुन लगाउन सकेको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-05, शुक्रवार

अभिनेता राजेश हमालले आफूलाई लोकगीत सधै नै प्यारो लाग्ने बताएका छन् । आज काठमाण्डौमा आयोजना भएको ‘राष्ट्रिय लोकदोहारी अवार्ड’मा हमालले लोकगीत नेपालको मौलिक कला रहेको समेत बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-05, शुक्रवार

'लुट’ निर्देशक निर्देशक निश्चल बस्नेत निर्देशित दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । रविन्द्रसिंह बाँनिया निर्मित यो फिल्म लामो समयको पर्खाई पश्चात रिलिज हुन लागेको हो ।    

फिल्मीखबर, काठमाण्डौ, 2014-09-05, शुक्रवार

बंगालादेशको राजधानी ढाकामा सुरु भएको लघु फिल्म महोत्सवमा नेपालबाट २ छोटा फिल्म सहभागी भएका छन् । शुक्रबार र शनिबार चल्ने यो महोत्सवमा गोपालचन्द्र लामिछानेले निर्देशन गरेको ‘द मिरर’ र दिपक रौनियारले निर्देशन गरेको ‘चौकठी’ प्रदर्शन हुन लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-04, बिहिवार

हिन्दुवादी शब्द भएको गीत गाउन नसक्ने अभिव्यक्ति दिएर विवादमा तानिएकी गायिका अञ्जु पन्तले माफी मागेकी छिन् । मिडियामा आएका समाचारहरूले आफूलाई दु:खी बनाएको बताउंदै एक पत्र मार्फत अञ्जुले आफूबाट अञ्जानमा भूल भए माफ गर्दिन आफ्ना शुभचिन्तकलाई अनुरोध गरेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-04, बिहिवार

भोली शुक्रबारबाट देशका झन्डै ८० पर्दामा हिन्दी फिल्म 'मेरी कोम' लाग्ने बताईएको छ । नेपाल वितरक सुनिल मानन्धरले नेपाली अभिनेता सुनिल थापाको फिल्म भएकाले हलहरूले रिलिजको चासो देखाएको हुनाले ८० वटा जती पर्दामा 'मेरी कोम' लाग्ने रिपोर्ट दिए ।

Results : 17245 - 17250 of 24017