अहिले चासोको बिषय बनेको छ, आठ बर्षको बालकले कस्तो फिल्म निर्देशन गरेको होला ? गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखिएला त ? दर्शकले आठ बर्षे बालकको फिल्मलाई कसरी लेलान् ? यि यावत प्रश्नको जवाफ मंसिर २६ गतेपछि भेटिनेछ । सार्वजनिक भएका गीत तथा प्रोमोले भने यि बालकको क्षमता प्रस्ट देखाउँछ ।

आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म 'लभ यू बाबा' यहि मंसिर २६ गतेबाट देसभार एकसाथ प्रदर्शनमा आउँदै छ । बाबु र छोरीको प्रेम पस्कने यो फिल्ममा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मालगायतको अभिनय हेर्न सकिन्छ ।
दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । आमाको काख बिहिन एउटी सानी छोरीलाई आमाको अभाव हुन नदिन पिताले गरेको संघर्षको कथा भन्ने यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

