Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीकर्मीका छोराछोरी को अगाडी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/13
फिल्म नगरीमा देखिएको जेनेरेशन ग्याप विस्तारै भरिंदै छ । फिल्मीकर्मीका छोराछोरीले यस क्षेत्रमा पाइला राख्न थालेपछि जेनेरेशन ग्यापको अवस्था मेटिंदै गएको हो । विभिन्न चर्चित फिल्मकर्मीका छोराछोरीको आगमनले एकातिर यो क्षेत्रलाई बलियो त बनाएकै छ अर्कोतिर को अगाडी भन्ने चर्चा पनि सुरु हुन थालेको छ ।
 
 
यतिबेला फिल्म नगरीमा चर्चित फिल्मीकर्मीका छोराछोरी आफ्नो स्टारडम जमाउने कोशिसमा लागेका छन् । अभिनेता भुवन केसीका छोरा अनमोल केसी, निर्देशक नारायण पुरीका छोरा संयम पुरी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत, कलाकार टिका पहाडीका छोरा गौरव पहाडी, कलाकार विपना बस्नेतकी छोरी रिस्ता बस्नेत फिल्म नगरीमा चम्कने धुनमा छन् । 
 
पारिवारिक सहयोगका कारण पनि यस्ता कलाकारलाई अगाडी बढ्न सजिलो होला तर दर्शकले फलानोको छोरा या छोरी भनेर माया नै गर्छन् भन्ने चाँहीं छैन । पहिलो फिल्ममा एकसाथ देखिएका भुवन, शोभित र विपनाका छोराछोरी अहिले आ-आफ्नै तबरले काम गरिरहेका छन् । तर, दर्शक तथा फिल्मीकर्मीको चर्चाको बिषयमा अनमोल अगाडी देखिन्छन् ।  
 
फिल्म कम खेलेका अनमोलको लुक्स, शैली र यूवतीमा देखिएको क्रेजले उनलाई अगाडी देखाएको छ । नयाँ फिल्म 'जेरी'को व्यापारले पनि उनको करिअरमा महत्वपूर्ण अर्थ राख्ने देखिन्छ ।
 
निर्देशक नारायण पुरीका छोरा संयम भने पहिलो फिल्म 'सायद'बाट जसरी चम्के दोस्रो फिल्म 'पुण्टे परेड'बाट चम्कन सकेनन् । पहिलो फिल्मको क्रेजले उनलाई दोस्रो फिल्ममा राहत दिन सकेन । उनको 'आभाष', लभ सब' र 'नाईं नभन्नु ल ३' रिलिज हुने क्रममा छ । यि फिल्मले संयमलाई कुन मोडमा लान्छ, हेर्न बाँकी छ ।    
 
यता, निर्देशक शोभित बस्नेतका छोरा सलोनको 'होस्टेल'पछि प्रदर्शनमा आएका फिल्म व्यापारिक रुपमा सफल हुन सकेका छैनन् । सलोनको हातमा यतिबेला प्रशस्त फिल्म छन्, जसका कारण पनि उनको व्यस्तता देखिएको छ तर क्रेज देखिएको छैन । 
 
कलाकार टिका पहारीका छोरा गौरबको पनि सफल फिल्म कम छन् । 'मन्जरी', 'उत्सव' जस्ता फिल्मले व्यवसायिक धक्का खाँदा गौरबलाई केही अप्ठ्यारो परेको देखिन्छ । यस्तै, छोटो समयमै आधा दर्जन फिल्म खेलेकी रिस्ता बस्नेतका लागि पनि दर्शकमाझ चिनिन त्यती सजिलो छैन । तरपनि, उनको कामको रफ्तार भने घटेको छैन । 
Most Visited News (monthly)