
'होस्टल' डेब्यू निर्देशक हेमराज बिसीको तेस्रो फिल्म 'जेरी'को पहिलो टिजर सार्वजनिक भएको छ । गोप्य रूपमा छायाँकन गरी पोस्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा पुगेको यो फिल्ममा 'होस्टल' डेब्यू अभिनेता अनओल केसी मुख्य भूमिकामा छन् ।

नेपाली फिल्म बजारमा एक नयाँ फिल्म थपिएको छ । निर्देशक ऋषिराज आचार्यले फिल्म 'सपना तिम्रो मेरो' बनाउने भएका छन् । आज बिहीबार बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा यो फिल्मको शुभसाइत गरिएको हो ।


तेस्रो लिङ्गीको जीवन यात्रा समेटिएको डकुमेन्ट्री 'अञ्जली : एउटा पृथक यात्रा' निर्माण गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिडल वे फिल्मस्ले आउँदो असोज दुई गते शुक्रबारका दिन 'अञ्जली' प्रिमियर गरिने जानकारी गरायो ।

यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउने फिल्म 'निशानी'को भोली बिहीबार प्रेस शो राखिएको छ । दरवारमार्गमा अवस्थित क्यूज सिनेमाजमा बिहान ११ बजे फिल्मको शो राखिएको निर्माण युनिटले जनाएको छ ।

निर्माता मधुकुमार श्रेष्ठले आफ्नो जन्मदिनमा क्यान्सरका बिरामीसँग भेटघाट गरेका छन् । आज बिहान भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पताल पुगेर उनले बिरामीलाई खानेकुरा वितरण गरेका हुन् ।

