बहुचर्चित टेलीफिल्म 'महाभारत'का निर्देशक रवि चोपडाको ६८ बर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित रविको मुम्बईमा अवस्थित ब्रिच क्याण्डी अस्पातलमा उपचारका क्रममा बुधवार दिउँसो साढे तीन बजे निधन भएको हो ।

चर्चित निर्देशक बीआर चोपडाका छोरा तथा यशराज चोपडाका भतिज रविको भोली बिहीवार अन्तिम संस्कार गरिने भएको छ । पछिल्लो समय 'भूतनाथ' र 'भूतनाथ रिटर्न्स' फिल्म निर्माण गरेका रविले जमीर (१९७५), द बर्निंग ट्रेन (१९८०), मजदूर (१९८३), दहलीज (१९८६), बागवान (२००३) र बाबुल (२००६) जस्ता फिल्म निर्देशन गरेका थिए ।
रवि असल व्यक्ति मात्र नभई असल फिल्म मेकर रहेको कुरा निर्देशक मधुर भंडारकरले ट्विट गर्दै उनलाई श्रद्धाञ्जली दिएका छन् । यस्तै रविको निधनमा थुप्रै बलिउड फिल्मकर्मीले चिन्ता व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

