Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अम्बरेमा रियाको कामुक जवानी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/12
'यो मनमा हमेशा' बोलको गीतले उचाई लिइरहेको बेला 'श्री ५ अम्बरे'ले युनिटले आईटम गीत रिलिज गरेको छ । 'नाच्ने नचाउने सबैलाई मताउने' बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छिन् । 
 
 
शिव विकले नृत्य निर्देशन गरेको प्रस्तुत गीतमा बाबु बोगटीको संगीत तथा सरिता वली र रत्न सुब्वाको स्वर रहेको छ । प्रस्तुत गीतले यो जाडोको मौसमलाई तताउने अपेक्षा गरिएको छ । मंसिर ५ गते देशभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । 
 
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, मार्टिन खान, राज गोदाईली लगायतको अभिनय देख्न सकिन्छ । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । 
 

Most Visited News (monthly)