Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.75/5.00)
Text size:-
+
-

गरिमाको आश `रंग बैजनी`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/12
अभिनेत्री गरिमा पन्तले 'रंग बैजनी' फिल्मले आफ्नो करियरमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । बुधवार अनामनगरस्थित नुतन स्टुडियोमा पत्रकारसँग कुरा गर्दै गरिमाले यो फिल्ममा आफ्नो भूमिका फरक रहेकाले निकै आश गरेको भनाइ राखिन् ।
 
 
गरिमाले 'रंग बैजनी'को कथा मन परेकाले र पूराना निर्देशक शम्भु प्रधानसँग काम गर्न पाउँदा खुसी लागेको बताउँदै आफूलाई अभिनयको लागि अफर गर्दा केही नसोची 'ओके' भनेको खुलाईन् । उनले भनिन्, 'यो फिल्मको कथा एकदम राम्रो छ । निर्देशकले यसलाई राम्रोसँग प्रस्तुत गर्नु भएको छ ।'
 
निर्देशक प्रधानले आफूले व्यवसायको लागि भन्दा पनि आफ्नो कला प्रस्तुत गर्न फिल्म निर्माण गरेको बताए । १२ बर्षपछि निर्देशनमा फर्केका प्रधानले समाजसँग नजिक रहेर फिल्म बनाएको हुनाले दर्शकले रूचाउने आश व्यक्त गरे ।
 
अभिनेता दिक्पाल कार्कीले पनि शम्भु प्रधान जस्तो व्यक्तिको फिल्ममा काम गर्न पाउनु गर्वको कुरा रहेको धारणा राखे । आफू नयाँँ भएपनि राम्रो काम गर्ने कोशिस गरेको उनको भनाइ थियो । छायाँकार शशांक प्रधानले बुवाको निर्देशनमा काम गर्न पाउँदा खुसी व्यक्त गरे ।
 
मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा गरिमा र दिक्पालको साथमा सुमिना घिमिरेको मुख्य भूमिका छ । नुतन प्रधानको कथा रहेको यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाई उठान गरेको छ । 
Most Visited News (monthly)