अनमोल केसी स्टारर फिल्म 'जेरी' हेर्न जय नेपाल हलमा हिरोइनको लर्को लाग्यो । हिरोहरूको संख्या न्यून देखिएपनि हिरोइनहरूको भिडमा उनीहरू आकर्षक देखिए ।



फिल्म हेर्न उपस्थित भएका अभिनेत्रीहरू नम्रता श्रेष्ठ, नन्दिता केसी, रीमा विश्वकर्मा, मलिना जोशी, बेनिशा हमाल, पूजा शर्मा तथा करियोग्राफर रेनशा वान्तवा राईको बिचमा अभिनेता भुवन केसी, जीवन लुईटेल र 'जेरी' अभिनेता अनमोल केसी आकर्षक देखिए ।
फोटो पत्रकारको क्यामेरा यिनै सेलिब्रेटीको वरिपरि नै घुमिरह्यो । तर, कस्ले कति बुझे, उपस्थित अभिनेत्रीहरू अनमोलसँग बढी खुसी देखिए । उनीहरूले जीवन र भुवनसँग पनि तस्विरमा मज्जैले पोज दिन भ्याए ।


फिल्म हेर्न ढिलो पुगेका अभिनेता आर्यन सिग्देल भने हिरोइनको भीडमा रहन पाएनन् । यता अर्का अभिनेता अनुपबिक्रम शाही भने आफ्नै प्रेमिका तथा अभिनेत्री मलिना जोशीसँगै रमाए । अर्की अभिनेत्री गौरी मल्ल भने सबैसँग खुसी देखिईन् ।
यता सेक्सी अभिनेत्री जिया केसी अरू अभिनेत्रीको भीडमा जान सकिनन् । उनको फोटो सेसन भुवन केसीसँग मात्र भयो । पछिल्लो समय भुवन र जियाको सम्बन्धलाई लिएर मिडियाहरू चनाखो भईरहेका छन् ।




