पर्दा मार्फत अहिलेका टिनेजर केटाकेटीको प्रेम देखाउन खोजिएको फिल्म 'लभ सब'को गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिती तय नगरिएको यो फिल्मको प्रस्तुत गीत पहिलो पब्लिसिटी सामाग्री हो ।
सुशिल पोखरेल र नरेन्द्र महर्जनको निर्माणमा देबकुमार श्रेष्ठले निर्देशन गरेको 'लभ सब'को प्रस्तुत सार्वजनिक गीत फिल्म जस्तै त्रिकोणात्मक प्रेमकथामा प्रस्तुत छ । उक्त गीतमा मुख्य पात्र अभिनेताद्धय संयम पुरी र सलोन बस्नेतले अभिनेत्री करिष्मा श्रेष्ठसँग आफ्नो प्रेम भाव पोखेका छन् ।
सुजिल कर्माचार्यको संगीत, सुरेन्द्र रानाको शब्द तथा हेमन्त राना, श्रेया सोताङ र शिवराम बजगाईंको स्वर रहेको 'स्याड भर्सन'को यो गीतको करियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्मका छायाँकार कृष्ण श्रेष्ठ हुन् । साम्तेन भुटियाले लेखेको यो फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् भने द्धन्दनिर्देशन हिमाल केसीको रहेको छ ।

