Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जेरी खाँदै दर्शकले हेरे `जेरी`

मणिराज गौतम, हेटौंडा, 2014/11/15
युवापुस्ताको प्रेमकथा बोकेको फिल्म 'जेरी'ले कलेजका बिधार्थी दर्शकहरुलाई हल सम्म तान्न सफल भएको छ । प्रायजसो हिन्दी फिल्ममा मात्र जमघट हुने नेपाली युवा दर्शकहरु 'जेरी' हेर्न तछाडमछाडका साथ हेटौंडाको ओम्याक्स हलमा भिड लागेको देखियो । हेटौंडाका दर्शकहरुले 'जेरी'लाई गुलियो स्वाद भन्दा पनि मिठो स्वाद पस्केको प्रतिकृया दिएका छन् ।
 
शुक्रबारबाट देशभर एकैसाथ प्रर्दशनमा आएको यो फिल्मलाई हेमराज बिसिले निर्देशन गरेको हुन् । फिल्ममा अनमोल केसीले शिर्ष भूमिका निर्वाह गरेका छन् । फिल्ममा जमेका अनमोल युवापुस्ताका आँखाबाट ओझेल नपरेको भान हुन्छ । फिल्मले शहरिया धनाड्य परिवारको जिवनशैलीलाई टप्पकै उतारेको छ । त्यही जीवनशैलीमा अनमोलसँग एना शर्माको प्रेम मौलाएको छ ।  
 
अनमोलको ईन्ट्रीमा दर्शक निकै हौसिएका देखिन्थे । फिल्मको कथा बग्न थालेपछि सुनसान बनेको हल केही क्षणमै भावुक बनेको दृश्यहरु पनि शनिबार देखिएको थियो । पोखरा र जोमसोमका प्राकृतीक दृश्यहरु कथालाई सुहाउदो रुपमा निर्देशकले प्रस्तुत गरेका छन् । 
 
शनिबार ओम्याक्स हलले 'जेरी' हेर्न आउने दर्शकहरुलाई जेरी पनि खुवाएको छ । चार सय साठी वटा जेरी दर्शकहरुलाई खुवाएको वितरक एवं हल संचालक नरेन्द्र महर्जनले बताए । फिल्मको नाम नै 'जेरी' भएकाले बिहानी शोमा आएका दर्शकहरुलाई जेरी खुवाएर खुसी पारेको नरेन्द्रको भनाइ छ । 
Most Visited News (monthly)