
बिहे एउटा चर्चाको बाहाना हुन्छ सेलिब्रेटीका लागि । विशेषगरी बिहे र प्रेमको तुरूप मिडिया र दर्शकसँग जोडिने एउटा बाहाना पनि हो । यसैले, कलाकारहरु ओरालो लागेपछि चर्चामा रहन बिहे र प्रेमको प्रसङ्गलाई अगाडी सार्छन् ।

आफ्नो फेसबुक पेजमा एक वक्तव्य जारी गर्दै श्वेताले आफ्ना शुभचिन्तक सामु आउन नसक्दा र सँगै बसेर फिल्म हेर्न नसक्दा माफी मागेकी छिन् । उनले लेखेकी छिन्- 'मेरो चलचित्रलाई सफल बनाउन सघाउनुहुने सम्पूर्ण दर्शक महानुभावहरु, कलाकार, पत्रकार, मिडिया र अन्य सबै जो-जसले भूमिका खेल्नु भयो म उहाँहरुमा पनि आभार प्रकट गर्न चाहन्छु । म माफी चाहन्छु कि म केहि समय हजुरहरु सामु आउन सकिन, हजुरहरुसंग बसेर 'कोहिनुर' चलचित्र हेरेर मज्जा लिन सकिन ।'

सिंगापुरे लाहुरेहरुको कथामा केन्द्रित फिल्म 'माइ प्रमिश'को रिलिज मिति तय गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्म आउँदो मंसिर ५ गते रिलिज हुनेछ । यहि मितिमा 'श्री ५ अम्बरे' फिल्म पनि रिलिज हुनेछ ।

समकालिन अभिनेता निखिल उप्रेतीले फिल्म निर्माण तथा निर्देशन गरेपछि अभिनेता बिराज भट्ट यतिबेला तनावमा रहेको बुझिएको छ । लामो समय भोजपुरी फिल्ममा समय खर्चेर नेपाली फिल्ममा कमव्याक गर्न खोजिरहेका बिराज यतिबेला फिल्मकर्मीको सम्पर्कमा रहन थालेका छन् ।

काठमाण्डौमा छोटा फिल्महरूको मेला लाग्ने भएको छ । आउँदो असोज ३ देखि ५ गतेसम्म कुमारी हलमा 'एकादेशमा' नामक फिल्म फेस्टिभल चल्नेछ । अण्डरग्राउण्ड टाकिजले आयोजना गर्ने यो तेस्रो संस्करणको फिल्म फेस्टिभलमा २७ देशका ६९ फिल्म सहभागी छन् ।

नेपाली फिल्मका निर्माता तथा निर्देशक आफ्नो क्रियशनमा भन्दापनि ज्योषितको समयमा कती विश्वास गर्छन् भन्ने एउटा दरिलो उदाहरण ‘आभाष’ फिल्मको गीत सार्वजनिक कार्यक्रममा देखियो । सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलका लागि ‘आभाष’को व्यापार कतिसम्म महत्वपूर्ण छ भन्ने प्रष्ट देखियो ।

