Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर १५ गते कामना फिल्म अवार्ड हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/11/16
कामना मासिकको ३१ औं वार्षिकोत्सवको दिन पारेर आगामी मंसिर १५ गते सोमबार राजधानीमा सिजी कामना फिल्म अवार्डस् २०७१ आयोजना गरिने भएको छ । अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ जारी प्रेस रिलिजमा उल्लेख छ । 
 
कामना फिल्म मासिक पत्रिकाले तीन दशक लामो यात्रा पार गरेपछि सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरी कुल ३१ विधामा अवार्ड वितरण गरिने छ ।
 
सिजी कामना फिल्म अवार्ड्स २०७१ लाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । अवार्ड समारोहमा यसै क्षेत्रमा जीवन बिताउने एक व्यक्तित्वलाई १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने भएको छ ।
Most Visited News (monthly)