Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिप शर्मासँग तक्मेबुढा

फिल्मीखबर, काठमाण्डौ, 2014/11/16

भारतीय चर्चित स्टाण्डअप कमेडियन कपिल शर्मा नेपाली दर्शकलाई हँसाउन काठमाण्डौ आउने भएका छन् । बहुचर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’का सञ्चालक शर्माले एनसेलको आयोजनामा आउँदो २७ मंसिरमा हुने कार्यक्रममा दर्शकलाई हँसाउने छन् ।  


दशरग रंगशालामा हुने ‘पर्पलफेष्ट’ मा कपिलसहित बलिउडका चर्चित गायक सोनु निगमले पनि काठमाण्डौको चिसोमा दर्शकलाई उफारी उफारी तताउने छन् । कार्यक्रममा सोनुले आफ्ना विभिन्न चर्चित गीत प्रस्तुत गर्ने छन् ।

हाँस्य कलाकार जीतु नेपाल, विल्सन विक्रम राई, गायक सुगम पोखरेल र यमबुद्धले पनि उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पस्कनेछन् । यि नेपाली कलाकार दर्शकको नजरमा आँफैमा प्रख्यात छन् । त्यसैले दशरथ रंगशालामा हुने कार्यक्रम निकै भब्य हुने आयोजकले दाबी गरेको छ ।

Most Visited News (monthly)