Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकल ब्युटीमा इन्दिराको जवानी

मणिराज गौतम, हेटौंडा, 2014/11/16

फिल्म 'फन्को' मार्फत गायिका इन्दिरा जोशीले आईटम नृत्यमा फन्को मारेकी छिन् । केहि महिना अगाडी नै फिल्मको सम्पूर्ण दृश्यहरुको छायाँकन सकिएको भएपनि चाडपर्व तथा निर्देशक सुबर्ण थापाको व्यस्तताले रोकिएको एउटा आईटम गीतलाई शनिबार हेटौंडामा छायाँकन गरिएको हो ।


प्राय स्टेज कार्यक्रमहरूमा गीत गाउँदा बारूले कम्मर मर्काएर भिडलाई उत्तेजित पार्न खप्पिस गायिका जोशीले फिल्मका दर्शकलाई पनि उत्तेजित पार्न कम्मर मर्काएर 'लोकल ब्युटी...' बोलको गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् । रिगल हेटौंडा रिर्सोटमा सुटिङ हेर्न जम्मा भएका हेटौडेलीहरुकोे घुईचोले पनि उनको क्रेज प्रस्ट झल्काएको थियो ।

'स्टेजमा डान्स गर्दा त रमाईलो र सहज हुन्थ्यो, फिल्म गीत भएर होला अलि गार्‍हो लाग्यो । तर, मैले एकदम रमाईलो गरें', इन्दिराले सुटिङका दौरानमा भनिन्, 'फिल्मको गीतमा रूची भने खासै छैन ।' जाडोको मौसममा सारी र ब्लाउजमा सजिएकी इन्दिराले फिल्ममा पहिलो पटक डान्स गरेपनि दर्शकलाई निराश नपार्ने काम गरेको बताईन् ।


थुप्रै फिल्ममा अभिनेत्री बन्न अफर आएको बताउने इन्दिराले फिल्म खेल्ने चाहना नभएको जानकारी दिंदै भनिन्, 'फन्को' टिमको बिशेष अनुरोधलाई मैले नकार्न नसकेर मात्र आईटम गीतमा नाचेकी हुँँ ।' चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्दमा गायिका जोशीले नै गाएको उक्त गीतमा कबिराज गहतराजको करियोग्राफी छ भने गीतलाई सन्जय लामाले खिचेका हुन् ।

सुवर्ण थापाले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अनुप बरालको मुख्य भूमिका छ । नरेन्द्र महर्जन, बेल्जियम निबासी गैरआवासिय नेपाली शहदेब गौतम र पदम गुरूङको लगानी रहेको 'फन्को'लाई सस्पेन्स थ्रिलर फिल्म भनिएको छ ।  नेपाली परिवेश र दैनिक आवश्यकतालाई मध्येनजर गर्दै पैसाको पछाडी दौडनेको कथा 'फन्को'मा हेर्न पाईने निर्देशक थापाले बताए ।  
 
 

Most Visited News (monthly)