अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुरको सम्बन्धको चर्चा बारम्बार मिडियामा हुने गर्दछ । हालै मात्र रणवीर कट्रिनालाई लिएर नयाँ घरमा सरेको खबर मिडियामा आगो झैं फैलिएको थियो ।
संचारमाध्यममा आउने यस्ता खबरले रणवीर हैरान बनेका छन् । केही दिनअघि निधन भएका निर्देशक रवि चोपडालाई श्रद्धाञ्जली दिन पुगेका रणवीरको एक हर्कतले बलिउड बजार छाएको छ ।
रवि चोपडालाई श्रद्धाञ्जली दिन कट्रिनासँग रणवीर पुगेपछि मिडियाले उनको पिछा गर्नु स्वभाविक नै थियो । जब रणवीरसँग एक पत्रकारले प्रश्न सोधे, उनले केही पनि बोलेनन् । प्रश्न सोध्ने टीभी च्यानलका पत्रकारले बोकिरहेको टीभको बुम नै लिएर हिडिदिए ।
रणवीरले 'केही त लाज मान' भन्दै बुम लिएर हिडेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । आफ्ना बारेमा आएका अनावश्यक समाचारले हैरान रणवीरले आफ्नो सामान लिन आउनुअघि संचारमाध्यमले माफि माग्नुपर्ने बताएका छन् ।
लामो समयदेखि अफेयरमा रहेपनि कट्रिना र रणवीरले एक अर्काको सम्बन्धलाई स्विकार गर्न सकेका छैनन् । जसका कारण पनि संचारमाध्यम र यो जोडीको लडाई लामो समयदेखि चलिरहेको छ ।

