मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म `हमजाएगा`को प्रचारका लागि निर्माणपक्षले अन्तिम अस्त्र फ्याकेको छ । नेपालका लागि अन्तिम ट्रेलर भन्दै `हमजाएगा`को कमेडी संवाद सार्वजनिक गरिएको हो ।
फिल्मलाई सुरेन्द्र पुनले निर्देशन गरेका हुन् । फिल्मको नयाँ ट्रेलरमा कलाकार विल्सन विक्रम राईको कमेडी संवाद समावेश गरिएको छ । यस्तै अर्का अभिनेता बाबु बोगटीलाई पनि दर्शक तान्ने अस्त्र बनाईएको छ ।
ऋचा धितालको साथमा लोक गीतको मोडलिडमा चर्चित बनेकी पार्वती राईको समेत अभिनय रहेको फिल्मले दार्जलिडमा सवारी चलाउने चर्चित व्यक्ति 'हमजाएगा'को नामलाई सापटी लिएको हो । कथा भने नेपाली परिवेशकै रहेको बताईएको छ ।

